यस प्रणालीमा केहि परिवर्तन भएको व्यहोरा जानकारी गराउन चाहान्छौं | 


कृषि ज्ञान केन्द्र बाट लिईने सिफारिस पत्रका लागि आवेदन फारम भर्नु पुर्व तपाईंले आफ्नो संस्थालाई यस प्रणालीमा रजिस्टर गराउनु पर्ने हुन्छ |

  • एउटा संस्थाले एक पटक मात्र रजिस्टर गर्नुपर्ने हुन्छ |
  • रजिस्टर गर्दा प्रत्येक संस्थाले ईमेल ठेगानाको प्रयोग गर्नु पर्ने हुन्छ |
  • एउटा ईमेल ठेगानाबाट एउटा मात्र संस्था रजिस्टर गर्न सकिनेछ |
  • रजिस्टर गर्दानै आफ्नो संस्थाका तपशिल बमोजिमका कागजातहरु पेश गर्नु पर्ने हुन्छ | र एक पटक कागजात पेश गरिसके पछि प्रत्येक पटक आवेदन फारम भर्दा सो कागजात संलग्न गराउनु पर्ने छैन |
    आवश्यक कागजातहरु:
    - कर चुक्ता प्रमाणपत्र / आ.व. २०७५/७६ को कर तिरेको रसिद
    - डिलरसिपको प्रमाणपत्र (अगाडी पछाडि दुवै)
    - रासायनिक मलको ईजाजतपत्र (अगाडी पछाडि दुवै)

नोट: तपाईंले रजिस्टर गर्दा भर्नु भएको ईमेल र पासवर्ड याद गर्नु पर्ने हुन्छ | 

रजिस्ट्रेसन पश्चात सिफारिस पत्रका लागि आवेदन फारम भर्न सक्नुहुनेछ र दोस्रो पटक बाट आवेदन फारम भर्दा सो ईमेल र पासवर्डको प्रयोग गरि यस प्रणालीमा लग ईन गरि भर्नु पर्ने हुन्छ |

लग इन पश्चात तपाईंले यसै प्रणाली बाट नै आफ्नो सिफारिस पत्र प्राप्त गर्न सक्नुहुनेछ |